नियम ७
सदस्य–सचिवको सेवा, शर्त तथा सुविधा
(१) सदस्य–सचिव परिषद्को पूरा समय काम गर्ने प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ ।
(२) सदस्य–सचिवको पदावधि चार वर्षको हुनेछ ।
(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि सदस्य–सचिवमा कार्यक्षमताको अभाव भएमा, निजको पदीय जिम्मेवारी पूरा नगरेमा वा निजले परिषद्को हित विपरीत कुनै कार्य गरेको प्रमाणित भएमा परिषद्को सिफारिसमा नेपाल सरकारको निजलाई जुनसुकै बखत सदस्य–सचिवको पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिव मौकाबाट वञ्चित गरिने छैन ।
(३) सदस्य–सचिवले परिषद्को कर्मचारीले पाए सरहको विदा लगायतका अन्य सुविधा समेत पाउनेछ । सदस्य–सचिवले विदा बस्दा अध्यक्षको स्वीकृति लिनु पर्नेछ ।
(३क) सदस्य–सचिवको पदमा तोकिएको कर्मचारी कुनै कारणले सदस्य–सचिव पदमा नरहेमा निजको परिषद्मा रहेको पदाधिकारी स्वतः समाप्त हुनेछ ।
(३ख) सदस्य–सचिव कुनै कारणले सो पदमा नरहेमा निजले प्रचलित कानून बमोजिम अन्यथा व्यवस्था भएकोमा बाहेक सो पद अनुसारको सुधिवा पाउनेछ ।
(३ग) ऐन वा नियमावली बमोजिम सदस्य–सचिव नतोकिएसम्म वा सदस्य–सचिवको अनुपस्थितिमा परिषद्को सबैभन्दा वरिष्ठ कर्मचारीले निमित्त सदस्य–सचिव भई कार्य गर्नेछ ।
तर पर्व तथा भैपरी आउने विदा र सात दिनसम्मको घर विदा बस्नु परेमा अध्यक्षलाई मौखिक जानकारी गराई बस्न सक्नेछ ।
(४) सदस्य–सचिवको पारिश्रमिक र अन्य सुविधाहरु नेपाल सरकारले तोके बमोजिम हुनेछ ।